राष्ट्रपति निर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो बैठक
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न रास्वपाले सोमबारका लागि बैठक बोलाएको हो ।

नेता दीपक बोहराका अनुसार रास्वपाले ​अहिलेसम्म राष्ट्रपति उम्मेदवारमा कसलाई समर्थन गर्ने भनेर निर्णय गरिसकेकाे छैन ।  

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन् । आसन्न राष्ट्रपतिको निर्वाचन यही २५ गते हुँदैछ । 





  • प्रकाशित मिति : फागुन १४, २०७९ आइतबार ११:३६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया