एशियन हाइड्रोपावरको आइपिओ बाँडफाँट

एशियन हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरिएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले कम्पनीको आइपिओ बाँडफाँट गरेको हो ।   

कम्पनीले २७ माघदेखि ३ फागुनसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ९७ हजार २०० कित्ता साधारण निष्कासन गरेको थियो ।

उक्त आइपिओमा कुल १४ लाख ३२ हजार २२२ आवेदकबाट १ करोड ५५ लाख २५ हजार ४०० कित्ताका आवेदन परेको थियो । जसमध्ये ६ हजार ५०२ आवेदन रद्द भएको भएर बाँकी १४ लाख २५ हजार ७२० आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । 

कम्पनीको आइपिओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले गोलाप्रथाबाट कम्पनीको आइपिओ बाँडफाँट भएको छ । यसरी बाँडफाँट हुँदा ६९ हजार ७२० जना आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । 





  • प्रकाशित मिति : फागुन १४, २०७९ आइतबार १२:९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया