अमेरिकाको दक्षिणपश्चिमी राज्य एरिजोनामा शनिबार बिहान पिकअप ट्रकले ठक्कर दिँदा दुईजना साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा ११ जना गम्भीर घाइते भएका छन् ।
एरिजोनाको राजधानी सहर फिनिक्सको उपनगर गुडइयरस्थित कटन लेन ब्रिजमा उक्त दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनापछि ट्रक चालक घटनास्थलमै बसेको गुडइयर प्रहरी विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीले जनाएका छन् ।
शनिबार नै पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।