logo-img

नेप्सेमा चार दशमलव  ५५ अंकको सुधार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज तीव्र उतारचढावकाबीच सामान्य अंकको सुधार देखिएको छ । 

नेप्से परिसूचक आज चार दशमलव ५५ अंकले बढेर दुई हजार २७ विन्दुमा कायम भएको छ । एक हजार नौ सय ६३ को न्यूनतम विन्दुसम्म झरेको परिसूचक सम्हालिएर बजार बन्द हुने बेला केही अंकले बढेको हो ।



नेप्सेका अनुसार आज दुई सय ६२ वटा कम्पनीको ६५ लाख १५ हजार आठ सय ५२ कित्ता शेयर ५० हजार पाँच सय ३२ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ५२ करोड ५० लाख ७१ हजार आठ सय बराबरको कारोबार भएको छ । आज बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक घटेको छ भने अरु समूहको उपसूचक बढेको छ ।

बैंकिङ समूह ११ दशमलव ९१, जीवन बीमा समूह १३ दशमलव ९६, उत्पादन समूह १४ दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव ०१ र व्यापार समूह ३० दशमलव ५० अंकले घटेको छ । आज लघुवित्त समूहको उपसूचक सबैभन्दा धेरै एक सय आठ दशमलव ४५ अंकले बढेको छ ।

 त्यस्तै विकास बैंक समूह ३० दशमलव २०, वित्त समूह २३ दशमलव ९०, होटल तथा पर्यटन समूह ७२ दशमलव २१ र जलविद्युत् समूह १८ दशमलव ८८ अङ्कले बढेको छ । त्यस्तै,  लगानी समूह शून्य दशमलव ३९, निर्जीवन बीमा समूह २७ दशमलव ५९ र अन्य समूहको उपसूचक आठ दशमलव ३४ अंकले बढेको छ ।

आज विजया लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता सात दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फन्ड–१ का लगानीकर्ताले प्रतिकित्ता सात दशमलव ८५ प्रतिशतका दरले गुमाएका छन् । आज हिमालय डिस्टिलरी लिमिटेडको सबैभन्दा धेरै रू १० करोड ५८ लाख ७० हजार बराबरको कारोबार भएको छ । 





  • प्रकाशित मिति : फागुन १४, २०७९ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया