सत्ताकेन्द्रित फोहोरी खेलका कारण मुलुक अस्थिरतातर्फ : कमल थापा
फाइल तस्बिर

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ताकेन्द्रित फोहोरी खेलका कारण मुलुक अस्थिरतातर्फ गएको बताएका छन् । उनले अहिलेको राजनीतिले जनतामा वितृष्णा मात्र नभइ दल र नेताहरूप्रति घृणा उत्पन्न भइरहेको पनि बताए ।

‘चुनावअघि एउटा गठबन्धन, चुनावपछि अर्को गठबन्धन । दुई महिनाको बीचमै फेरि अर्को गठबन्धन, यस्तो राजनीतिले मुलुकलाई कता लैजान्छ?,’ थापाले प्रश्न गरे, ‘अहिलेको राजनीतिले जनतामा वितृष्णा मात्र नभइ दल र नेताहरूप्रति घृणा उत्पन्न भएको छ ।’  

काठमाडौंमा आइतबार पार्टी सम्बद्ध भातृ संगठनहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले विकल्पका रूपमा देखिएका राजनीतिक दलहरू शक्ति र पैसा केन्द्रित हुँदा जनता विरक्तिको पनि बताए ।  

कार्यक्रममा पार्टीका महामन्त्रीद्वय राजाराम बर्तौला र केशवराज श्रेष्ठले जनवर्गीय संगठनको कृयाशिलता र भावी कार्यक्रमबारे आफ्नो धारणा राखेका थिए । 





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार ९:२९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया