सन्दीपको मुद्दामा आज पनि सुनुवाइ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले दायर गरेको निवेदन र उनीविरुद्ध सरकारी वकिलले दिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ आज पनि हुँदैछ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलास बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । आइतबार पीडित किशोरीकातर्फबाट एकजना कानुन व्यवसायी र दुईजना सरकारी वकिलले बहस गरेका थिए ।

यस्तै, सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापासहित कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, मुरासी सापकोटाले बहस गरेका थिए ।

पीडितको पक्षबाट बहस गर्नेहरूले सन्दीपलाई टोली राख्दा विपक्षी खेलाडीले हातसमेत नमिलाएको भन्दै खेल्नका लागि टिममा राख्न नहुने र उच्च अदालत पाटनले धरौटीमा छाडेको आदेश रद्द गर्दै पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग राखेका थिए । 

नाबालिक किशोरीमाथि बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशपछि मुद्दाको पुर्पक्षका लागि थुनामा गएका सन्दीपलाई उच्च अदालत पाटनले सर्तसहित २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । 

देश छाडेर विदेश जान नपाउने लगायतका सर्तका कारण सन्दीप यूएईमा हुने आइसिसी विश्वकप लिग–२ खेल्ने नेपाली टोलीमा सहभागी हुन पाएनन् । आफूले विदेश जान नपाउने उच्च अदालतको सर्त खारेजीको माग गर्दै उनले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । 



यस्तै, सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारी पक्षले सर्वोच्चमा पुनरावलोकन निवेदन दिएको थियो ।  



  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार ९:३७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया