पिएनजीविरुद्ध टस जितेर नेपाल फिल्डिङमा, प्रतिश जिसीको डेब्यू
फाइल तस्बिर

आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ । 

नेपाल र पिएनजीबीचको खेल ११ः४५ देखि दुबई अन्तर्राष्ट्रिय मैदानमा सुरु हुँदैछ । पिएनजीविरुद्ध युवा अलराउन्डर प्रतिश जिसीले डेब्यू गरेका छन् । 

उनलाई तीव्र गतिका बलर सोमपाल कामीले ३७ औं ओडिआई डेब्यू क्याप दिए । नेपाल पिएनजीलाई हराउँदै यूएई सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ ।

लिग–२ तालिकाको शीर्ष तीनमा स्थान बनाउन नेपालले अब ८ मध्ये ७ खेल जित्नुपर्नेछ । साथै, नेपालले एकदिवसीय मान्यता जोगाउन ५ खेलमा जित हात पार्नुपर्नेछ ।

लिग–२ तालिकाको पुछारमा रहे पनि पिएनजीले विगतमा नेपाललाई हराएको छ । गत वर्ष मात्र उसले नेपाललाई घरेलु मैदानमै हराउँदै सिरिज जितेको थियो ।

गत वर्षको मार्चमा पिएनजीले नेपालविरुद्धको दुई खेलको सिरिज क्लिन स्विप गरेको थियो । पिएनजी यसपटक पनि नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ । 



नेपाल भने पछिल्लो दुई हार बिर्सँदै पिएनजीलाई हराउने रणनीतिमा छ । पिएनजीविरुद्धको पछिल्लो पाँच खेलमा नेपालले तीन म्याचमा जित हात पारेको छ ।  

नेपालको प्लेइङ–११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, कुशल मल्ल, गुलशन झा र प्रतिश जिसी । 



  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार ११:२७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया