सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता लियो

नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारबाट मन्त्रीहरू फिर्ता हुने बताए । उनले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको बताए ।  

यसअघि सचिवालय बैठकले राष्ट्रपति चुनावसम्म सरकारबाट पनि नबाहिरिने र समर्थन पनि कायमै राख्ने निर्णय गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० पुसको गठबन्धन छाडेर नयाँ आठदलीय गठबन्धन बनाएपछि एमालेले सरकार छोड्ने निर्णय गरेको हो । 

राष्ट्रपति चुनावलाई लिएर प्रचण्ड र एमालेबीच १० पुसमा भएको सहकार्य सोमबारबाट औपचारिकरूपमा टुंगिएको छ ।   





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार १२:५२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया