सरकारलाई समर्थन कायमै राख्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कामयै राख्ने भएको छ । रास्वपाको सोमबार बसेको केन्द्रीय समितिको बैठकले सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको हो । 

बैठकका निर्णयबारे जानकारी दिँदै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘यो संकेत देखेकाले यसअघि सरकारबाट बाहिरिने निर्णय गरेका हौँ । हाम्रो समर्थन कायमै छ ।’

राष्ट्रपति निर्वाचनका विषय पनि छलफल भएको उनले बताए । अझै समय बाँकी भएकाले कुनै निर्णय नगरिएको बुर्लाकोटीको भनाइ छ ।

‘आठ दलीय गठबन्धनबाट पनि सहयोगका लागि आग्रह भएको छ, एमालेले पनि पत्र पठाएरै सहयोग मागेको छ,’ उनले भने, ‘राष्ट्रिय सहमतिका लागि पहल भइरहेको छ । यसमा पछि निर्णय गर्छौँ ।’   





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार १३:३५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया