खेल सकिएको १५ दिनभित्र सन्दीप जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनुपर्ने

सर्वोच्च अदालतबाट विदेश जान अनुमति पाएका क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले खेल सकिएको १५ दिनभित्र जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनुपर्ने सर्त राखेको छ । 

उनीमाथिको प्रतिबन्ध हटाउँदै अदालतले आउन–जान लाग्ने समयबाहेक १५ दिनको समय दिएको हो । सोमबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले विदेश जान अनुमति दिएको हो ।

उच्च अदालतले यसअघि लामिछाने विदेश जान नपाउने आदेश गरेको थियो । लामिछानेको तर्फबाट उक्त प्रतिबन्ध हटाउन माग गर्दै सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

यस्तै, सरकारी वकिलको कार्यालयका तर्फबाट लामिछानेलाई थुनामै राखेर पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित निवेदन दायर गरिएको थियो ।

लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार १८:४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया