अभिनेता पल शाह र क्रिकेटर सन्दीप लामिछानेको पक्षमा फैसला गरेको भन्दै काठमाडौंमा अदालतविरुद्ध प्रदर्शन भएको छ । बलात्कार घटनाका आरोपीको पक्षमा फैसला गरेको भन्दै अदालतविरुद्ध केही युवाहरूले प्रदर्शन गरेका हुन् ।
सर्वोच्च अदालतले आजमात्रै क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा फेरि थुनामा राख्न नपर्ने र विदेश जानबाट रोक लगाउन नपर्ने आदेश गरेको छ । त्यस्तै, पोखरा उच्च अदालतले आइतबार अभिनेता शाहलाई बलात्कार अभियोगमा सफाइ दिएको थियो ।
छोरीहरू असुरक्षित भएको भन्दै युवाहरूले प्रदर्शन गरेका हुन् । अदालतलमा पितृसत्ता हाबी भएकाले बलात्कारी आरोपीलाई सफाइ दिएको उनीहरुको आरोप छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।