आजीवन सदस्यलाई दोहोरो सुविधा नदिने प्रज्ञाको निर्णय (विज्ञप्तिसहित)

नेपाल प्रज्ञा प्रतिष्ठानले दोहोरो पारिश्रमिक, सुविधा पाइरहेका आजीवन सदस्यलाई मासिक पारिश्रमिक नदिने निर्णय गरेको छ । 

यसअघि प्रज्ञाका तत्कालीन उपकुलपति जगमान गुरुङ नेतृत्वको समितिले पूर्वकुलपतिलगायत आजीवन सदस्यहरुलाई मासिक पारिश्रमिक दिने निर्णय गरेको थियो । वर्तमान कुलपति भूपाल राई नेतृत्वको समितिले उक्त निर्णयमा संशोधन गरेको हो । 

नेपाल प्रज्ञा प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै अन्य सरकारी सुविधा लिइरहेका आजीवन सदस्यको पारिश्रमिक कटौती गरेको हो । यस विषयमा घनेन्द्र ओझाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा प्रज्ञा प्रतिष्ठानको यस्तो निर्णय आएको हो ।

प्रतिष्ठानले कुलपति, उपकुलपति तथा प्राज्ञहरुको कार्यविभाजन पनि गरेको छ । 

विज्ञप्ति 





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार १९:२२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया