सरकारले ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनयुद्ध’ र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।
सोमबारै एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि सरकारले यस्तो निर्णय गरेको हो । यसअघि एमाले–राप्रपासहितको सरकारले फागुन १ गतेका दिन ‘जनयुद्ध दिवस’ मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सो निर्णयको चौतर्फी आलोचना भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि निर्णय भएको दुई सातापछि सो निर्णयको विरोध गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने यससम्बन्धमा मौन छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।