पाँच केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने क्यानको निर्णय

नेपाल क्रिकेट संघ क्यानले पाँचजना केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने भएको छ । विधानविपरीत संघका विरुद्धमा पत्रकार सम्मेलन गर्ने र विभिन्न निकायमा गई संघलाई नै बदनाम र निलम्बन गराउने प्रयास गरेको भन्दै क्यानले उनीहरुलाई स्पष्टीकरण सोध्न लागेको हो । 

सुर्खेतको विरेन्द्रनगरमा भएको साधारण सभाले सञ्जयराज सिंह, मो. दाउद अन्सारी, ऋषिराम गौतम, अमितवीर पाण्डे र करण महतारा क्षेत्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । 

नेपाल क्रिकेट संघको विधान विपरीत संघका विरुद्धमा क्रियाकलाप गरिरहेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको र चित्तबुझ्दो स्पष्टीकरण नआएमा उनीहरूलाई निलम्बनसमेत गर्न साधारणसभाले केन्द्रीय कार्यसमितिलाई निर्देशन गरेको क्यानले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार २१:११:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया