टर्कीमा पुनः ५.६ म्याग्निच्युडको भूकम्प, थप एकजनाको मृत्यु

पूर्वी टर्कीमा पुनः सोमबार ५.६ म्याग्निच्युडको भूकम्प आएको छ । भूकम्पमा परी थप एकजनाको मृत्यु भएको छ । 

सो भूकम्पमा परी ६९ जना घाइते भएको टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

दुई हप्ताअघि आएको विनाशकारी भूकम्पमा परी ४४  हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । 

लगातार आएको भूकम्प र पराकम्पका कारण उद्धार र राहत वितरणमा समस्या भइरहेको टर्की सरकारले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार २१:५६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया