एम्बाप्पे र बेन्जेमालाई पछि पार्दै मेस्सीले जिते ‘फिफा उत्कृष्ट अवार्ड’

विश्व फुटबल महासंघ फिफाले प्रदान गर्दै आएको फिफा उत्कृष्ट अवार्ड अर्जेन्टिनी कप्तान लियोनल मेस्सी जितेका छन् ।  

विश्व फुटबल महासंघ फिफाले हरेक वर्ष प्रदान गर्दै आएको ‘फिफा द वेस्ट अवार्ड’ मेस्सीले जितेका हुन् । 

पेरिसमा आज बिहान भएको एक समारोहमा उनले प्रतिद्वन्द्वीहरू फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै पुरुषतर्फ वर्षको उत्कृष्ट अवार्ड जितेका हुन् ।

३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई फिफा विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । यसअघि फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिममा तीनजनाको नाम तय गरिएको थियो ।

सन् २०२१ अगष्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरूलाई छनोट गरिएको हो । सन् २०१८ बाट सुरु भएको यो अवार्डका लागि मेस्सी अन्तिम तीनमा पर्न एकपटक मात्र असफल भएका खेलाडी हुन् । यी तीनमध्ये सन् २०१९ मा मेस्सीले ‘द वेष्ट फिफा अवार्ड’ जितिसकेका छन् ।

महिलातर्फ भने एलेक्सिया पुटेलसले उत्कृष्ट अवार्ड जितेकी छन् । त्यस्तै, इङल्याण्डकी मेरी इयर्पले उकृष्ट गोलकिपरको अवार्ड जितेकी छन् ।





  • प्रकाशित मिति : फागुन १६, २०७९ मंगलबार ७:३४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया