बुडाल मृत्यु प्रकरण : १२ जना प्रहरीको नियन्त्रणमा

बैतडीको दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु प्रकरणमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । 

जीवनका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई  अनुसन्धानका लागि नियन्त्रणमा लिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

शनिबार वनभोज खान दोगडाकेदा र गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदी किनार गएका जीवन राति नदीमा मृत अवस्थामा फेला परेका थिए । 

जीवनसँगै वनभोज खान गएका नारायणसिंह ऐरी, गजेन्द्रसिंह रावल, पुष्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री,श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नविनसिंह ठगुन्ना, केशवसिंह रावल ,दिपेन्द्रसिंह ऐरी, भीमसिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि ज्यानसम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ । 

मृतक बुडालको शव पोस्टमार्टम गरिए पनि अस्पतालमै रहेको छ । बुडालको हत्या गरिएको भन्दै परिवारजनले शव बुझ्न नमानेका हुन् । 

राष्ट्रिय अनुसन्धान बझाङमा कार्यरत बुडाल विदामा घर आएका बेला शनिबार आफ्नो घर दशरथचन्द नगरपालिका–१० खडेनीबाट वनभोज जाने भन्दै ११ जना साथीसँग म १ ज २२२ नम्बरको जिपमा चौलानी किनार गएका थिए ।   





  • प्रकाशित मिति : फागुन १६, २०७९ मंगलबार ११:४२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया