यू–१९ विश्वकप छनोट : मलेसियाविरुद्ध नेपाल १० विकेटले विजयी

यूएईमा जारी आइसिसी यू–१९ विश्वकप एसियाली क्षेत्रको छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ ।

चौथो जित निकाल्ने क्रममा नेपालले मंगलबार मलेसियालाई १० विकेटले हरायो ।  नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, दोस्रोमा कुवेतलाई २ सय ४३ र तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।

चौथो खेलमा मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले ९ ओभरमा बिनाविकेट पूरा गर्‍याे । नेपालको जितमा दीपक बोहराले २९ बलमा ८ चौकासहित ३८ तथा अर्जुन कुमालले २५ बलमा तीन चौकाको सहयोगमा अविजित २१ रन बनाए ।     

त्यसअघि यूएईस्थित मलेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले ३५.३ ओभरमा सबै विकेट गुमाएर ७२ रन बनायो । उसका लागि मोहम्मद अक्रम अब्द मलेकले २६, मुहम्मद स्याहिर स्यामेल र मोहम्मद हरिल हरिसनले १२/१२ रन बनाए । 

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । मलेसियाको पारी ध्वस्त पार्ने क्रममा दिपेश कडेँलले १० ओभरमा ४ मेडनसहित ११ रन दिएर महत्वपूर्ण ४ विकेट लिए । त्यस्तै, आकाश चन्दले ४.३ ओभरमा ९ रन खर्चदै ३ विकेट हात पारे । 

मिलन बोहराले ९ ओभरमा ५ मेडनसहित ८ रन दिएर २ विकेट लिए । सुवास भण्डारीको नाममा एक विकेट रह्यो । नेपालले अब अन्तिम खेलमा बिहीबार यूएईको सामना गर्नेछ ।



६ राष्ट्र सम्मिलत छनोट खेलको शीर्ष स्थानमा रहने टिमले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने अवसर पाउनेछ । नेपाल र यूएई प्रमुख दाबेदार हुन् ।



  • प्रकाशित मिति : फागुन १६, २०७९ मंगलबार १४:३१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया