प्रधानमन्त्रीले गरे च्यासल रंगशालाको उद्घाटन

ललितपुरमा रहेको च्यासल रंगशालाको उद्घाटन गरिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अपराह्न च्यासल रंगशालाको उद्घाटन गरेका हुन् । 

ललितपुर महाननगरपालिका ९ स्थित बागमती किनारको करिब ४९ रोपनी क्षेत्रफलमा फैलिएको यो रंगशाला सन् २००५ मा एन्फा टेक्निकल सेन्टरका रुपमा स्थापना भएको थियो ।

०७४ मा स्तरोन्नतिसहित पुनर्निर्माण थालिएको थियो । अब १९ फागुनदेखि सुरु हुने ए डिभिजन लिगका खेल यहाँ खेलाउने अखिल नेपाल फुटबल संघ (एन्फा)को तयारी छ ।





  • प्रकाशित मिति : फागुन १६, २०७९ मंगलबार १६:५६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया