राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आइपियु) बैठकबारे जानकारी गराएका छन् ।
आइपियुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे २६ फागुनमा बहराइन प्रस्थान गर्ने कार्यक्रम छ ।
आइपियु बैठक २७ फागुनदेखि १ चैतसम्म बहराइनको मनामा हुँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।