सरकार विस्तार र विश्वासको मत राष्ट्रपतिको चुनावपछि मात्रै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको चुनावपछि मात्रै सरकार विस्तार गर्ने भएका छन् । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले यसबारे जानकारी दिएकी हुन् । 

मन्त्रिपरिषद्का निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको चुनावपछि मात्रै हुने बताएकी हुन् । नयाँ गठबन्धन बनेकाले को–को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा समय लाग्ने उनको भनाइ छ । 

राष्ट्रपतिको चुनावपछि प्रधानमन्त्रीले विश्वासको मत पनि लिने प्रवक्ता शर्माले जानकारी गराइन् । निर्धारित समयभित्रै विश्वासको मत लिइने उनले बताइन् । 

अहिले राष्ट्रपतिको चुनावका लागि ध्यान केन्द्रित गर्नुपरेकाले त्यसअघि विश्वासको मत लिने कार्यक्रम नरहेको स्पष्ट पारेकी छन् । 

संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्को ५२ औँ सभामा भाग लिन तत्कालीन परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल जान नसक्नुको कारण फेरिएको राजनीतिक परिस्थिति भएको उनले बताइन् । 

देशको प्रतिनिधित्व गर्दै पूर्वकानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई सो कार्यक्रममा पठाइएको उनले बताइन् । कोइरालालाई कार्यक्रमको प्रयोजनका लागि मात्रै प्रधानमन्त्रीको सल्लाहकारको रूपमा पठाइएको प्रवक्ता शर्माले प्रस्ट पारिन् । 





  • प्रकाशित मिति : फागुन १६, २०७९ मंगलबार १८:१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया