नौवटा दलले समर्थन गरिसकेकाले पौडेल राष्ट्रपति बन्नेमा ढुक्क : विमलेन्द्र निधि

कांग्रेस नेता विमलेन्द्र निधिले एमाले र राप्रपाले समर्थन फिर्ता लिए पनि पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने भएकाले सरकार जोखिममा नपरेको बताएका छन् । 

नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमिति एवं सदस्यहरूको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई समर्थन गर्ने दलहरूको संख्या बढ्दै गएको बताए । 

नौवटा दलले समर्थन गरिसकेकोले कांग्रेस नेता पौडेल राष्ट्रपतिमा बन्नेमा ढुक्क रहेको उनको भनाइ छ । राष्ट्रपतिमा कांग्रेसका पौडेललाई सुरुमा आठ दलले समर्थन गरेका थिए । आइबतार प्रभु शाह नेतृत्वको आम आदमी पार्टीले पनि पौडेललाई समर्थन गर्ने निर्णय गरेको छ ।   

नेता निधिले पञ्चायतकालमा पञ्चायतविरूद्ध सामाचार लेख्दा आक्रमण हुने गरेको स्मरण गर्दै सरकार र जनताबीचको संवाद पु¥याउने काम पत्रकारले नै गर्दै आएको बताए ।





  • प्रकाशित मिति : फागुन १६, २०७९ मंगलबार १८:१४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया