\
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कर्णालीमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
कर्णलीमा राप्रपाको समानुपातिकतर्फ १ सिट छ । उसले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गरेको थियो ।
राप्रपा सांसद सन्तोषी शाहीले केन्द्रको निर्णयअनुसार कर्णालीमा समर्थन फिर्ता लिइएको बर्ताकी छन्।
केन्द्र सरकारबाट बाहिरिएपछि राप्रपाले एमले नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने र माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने नीति लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।