पूर्वमन्त्री न्यौपाने र पूर्वराज्यमन्त्री गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो । 

न्यौपाने तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री हुन् भने कांग्रेस सांसद गुरुङ तत्कालीन राज्यमन्त्री हुन् । विशेषले उनीहरुसहित ११ जनामाथि भ्रष्टाचार कसुर स्थापित गर्दै सजाय सुनाउने मिति तोकेको हो । 

गुरुङ पछिल्लोपटक भएको प्रतिनिधिसभा निर्वाचनमा मनाङबाट निर्वाचित सांसद् हुन् । उनलाई मेला सञ्चालकको हैसियतमा मुद्दा चलाइएको थियो ।

उनीहरुमाथि २५ फागुनका लागि सजाय निर्धारणको फैसला सुनाउने मिति तोकिएको विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।

उनीहरूमाथि भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को ६० रोपनी जग्गा (फन पार्क) भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत क्रियाकलाप गरी सरकारलाई हानिनोक्सानी पुर्याएको अभियोग थियो । 

उक्त क्रममा ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानले देखाएको थियो ।





  • प्रकाशित मिति : फागुन १६, २०७९ मंगलबार २०:५३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया