सन्दीप र अर्जुन द हन्ड्रेडको ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा स्टार स्पिनर सन्दीप लामिछाने र विकेटकिपर/ब्याटर अर्जुन साउँद इंग्ल्याण्डको द हन्ड्रेड क्रिकेट लिगको ड्राफ्टमा परेका छन् । 

द हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्ट सूचीमा नेपालबाट सन्दीप र अर्जुन अटाएका हुन् । उनीहरू विदेशी कोटाको ड्राफ्टमा परेका हुन् । 

ड्राफ्टमा सन्दीप र अर्जुनसहित ३ सय ६८ खेलाडी समावेश छन् । पहिलो संस्करणमा सन्दीप ओभल इन्भिन्सिबल्समा ६० हजार पाउण्डमा अनुबन्ध भएका थिए । यद्यपि भिसा समस्याका कारण उनले द हन्ड्रेड गुमाए । 

दोस्रो संस्करणमा भने सन्दीपमाथि कुनै पनि टोलीले चासो देखाएका थिएनन् । आउँदो सिजनको द हन्ड्रेड ड्राफ्टको २३ मार्चमा आयोजना हुँदैछ । लिग भने १ अगस्टबाट सुरु हुने तालिका छ ।





  • प्रकाशित मिति : फागुन १७, २०७९ बुधबार १०:१३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया