प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक ५ चैतमा

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक ५ चैत आइतबार दिनको १ बजेसम्मका लागि स्थगित भएको हो । 

विशेष कारणले बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति निर्वाचन र आठ दलीय गठबन्धन लगायतका विविध कारणले प्रतिनिधिसभाको बैठक सारिएको बताइएको छ । 

अर्को बैठक २५ फागुनको राष्ट्रपति र ३ चैतको उपराष्ट्रपतिको निर्वाचनपछि बस्नेछ ।

आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने कार्यसूची थियो ।   

यस्तै, सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको ब्यहोरा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम जानकारी गराउने कार्यसूची पनि थियो । 



आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गरिने भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । 



  • प्रकाशित मिति : फागुन १७, २०७९ बुधबार ११:४०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया