सोमालियाका ५० लाख नागरिक खाद्य संकटमा

राजनीतिक तथा आर्थिक संकटमा फसेको सोमालियामा कम्तीमा पनि ५० लाख मानिस खाद्य संकटमा परेका छन् । संयुक्त राष्ट्रसंघका विज्ञहरूले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ ।

सोमालियाली अधिकारीहरूले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउने गरेका थिए । यहाँ खाद्य सङ्कटमा परेकामध्ये कम्तीमा पनि १ लाख जना त अहिले नै भोकमरीमा परेका बताइएको छ । खाद्यान्न सम्बन्धी विज्ञलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सोमालियाको अवस्था निकै खराब बन्दै गएको बताएका छन् । 

उनका अनुसार सोमालियाका अनुमानित १८ लाख बालबालिका कुपोषणमा परेका छन् र तीमध्ये किरब पाँच लाख जनाको अवस्था नाजुक रहेको छ ।

अहिले नै यहाँ खाद्यान्नसम्बन्धी आवश्यक व्यवस्था गर्न नसक्ने हो भने यस देशमा खाद्यान्नको चरम संकट पर्दै जानेतर्फ सबैले ध्यान दिनुपर्ने उनले बताएका छन् ।  





  • प्रकाशित मिति : फागुन १७, २०७९ बुधबार १२:२६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया