राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन चिह्न फेरिएको छ । रास्वपाको यसअघि रहेको चुनाव चिह्न ‘गोलाकारभित्रको घण्टी’लाई परिवर्तन गर्दै अब ‘घण्टी’मात्रै राखेको छ ।
यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा अब गोलो घेरा हटाएर घण्टीमात्रै राखिएको हो ।
गत निर्वाचनमा गोलाकारभित्रको घण्टी चुनाव चिन्हबाट चुनावमा सहभागी रास्वपाले अब हुने उपनिर्वाचन तथा निर्वाचनमा भने चुनाव चिह्न घण्टीमात्रै प्रयोग गर्न पाउने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।