विराटनगरका विभिन्न स्थानमा भेला र जुलुस गर्न निषेध

जिल्ला प्रशासन कार्यालय मोरङले विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ। बुधबार दिउँसो ३ बजेदेखि विराटनगर महानगरपालिकाका विभिन्न क्षेत्रमा भेला, जुलुस, धर्नालगायत गतिविधि गर्न निषेधाज्ञा जारी गरिएको हो ।

प्रदेशको नामांकनको विषयमा शान्ति सुव्यवस्थामा खलल पुग्ने गतिविधि हुन सक्न भन्दै देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर,  मुख्यमन्त्रीको निवास र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वरपर निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले विज्ञप्ति जारी गर्दै निषेधाज्ञा जारी भएका ठाउँमा सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न प्रतिबन्ध लगाइएको जनाएका छन् । 

अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा कायम रहने जनाइएको छ । आज प्रदेश सभामा प्रदेश १ को नामका लागि दुई प्रस्ताव दर्ता भएका छन्।  





  • प्रकाशित मिति : फागुन १७, २०७९ बुधबार १५:१०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया