सन्दीपको भिसा आयो, खेलाडीको सूचीमा नाम राखियो

क्रिकेटर सन्दीप लामिछानेले युएई जाने तयारी गरेका छन् । सर्वाेच्च अदालतले विदेश जान खुल्ला गरिदिएपछि उनले त्रिकोणात्मक क्रिकेट लिगका लागि युएई जाने तयारी गरेका हुन् ।

युएईमा जारी जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि लामिछाने युएई जाने तयारीमा लागेका हुन् । नेपाल क्रिकेट संघले लामिछानेको नाम खेलाडीको सूचीमा राखिसकेको छ ।

सो टिमका एक खेलाडी बिरामी भए पछि उनको नाम हटाएर लामिछानेको नाम राखिएको क्यानले जनाएकाे छ । तर, कसको नाम हटाएको हो ? त्यो भने खुलाएको छैन ।

त्रिकोणात्मक सिरिज लिगमा युएई र पपुना न्युगिनीलाई हराएर अपराजित हुँदै आएको नेपाल लामिछानेको आगमनसँग बलियो हुने अपेक्षा गरिएको छ । जारी खेलमा जित हासिल गरेमा श्रीलंकामा हुने विश्वकप खेल्न नेपाली टोली पुग्नेछ ।

यसका लागि लामिछानेलाई आजै युएई लैजान खोजिएको क्यानका सहसचिव दुर्गा पाठकले जानकारी दिए ।





  • प्रकाशित मिति : फागुन १७, २०७९ बुधबार १५:५३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया