प्रदेश १ को नाम 'कोशी' राख्ने एमालेकाे प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाका ८२ सांसदकाे समर्थन

प्रदेश १ को नाम कोशी प्रदेश हुनुपर्ने प्रस्तावमा ८२ सांसदले समर्थन जनाएका छन् । नेकपा एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जनाले हात उठाएका हुन् । 

उक्त प्रस्तावको विपक्षमा जम्मा चार सांसदले हात उठाएका थिए ।  दुईतिहाईभन्दा बढी सदस्यहरुले पक्षमा हात उठाएपछि उक्त प्रस्तावलाई अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ । 

नेकपा एस र जसपाले राखेको अर्को प्रस्तावमा भने छलफल नै नहुने भएको छ । उनीहरूले किरात लिम्बुवान सगरमाथा नाम प्रस्ताव गरेका थिए ।  

प्रदेशको नाम कोशी प्रदेश हुनुपर्ने नेकपा एमालेको प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाले समर्थन गरेका छन् ।





  • प्रकाशित मिति : फागुन १७, २०७९ बुधबार १६:५८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया