कर्णालीमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दै

वीरेन्द्रनगर– कर्णाली प्रदेशमा राज्य पक्ष र अन्य पक्षबाट गरी पछिल्लो एक वर्षको अवधिमा ४५३ मानवअधिकार उल्लङ्घनका घटना घटेका छन् । 

मङ्गलबार वीरेन्द्रनगरमा मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै अनौपचारिक सेवा केन्द्र ‘इन्सेक’ ले महिला बढी प्रभावित भएको जनाएको छ । विभिन्न घटनामा ३५३ महिला तथा १४९ पुरुष पीडित भएको पाइएको छ ।  

इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीका अनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी 
महिला अधिकारसम्बन्धी घटना घटेका छन् । 

महिला अधिकारसम्बन्धी २५७, बाल अधिकारसम्बन्धी ८७ र कुटपिटका ४७ घटना भएको छ । ति घटनामा ६ जना घाइते, अमानवीय व्यवहारबाट चार जना पीडित, जातीय विभेदबाट १४, धम्कीबाट १० जना पीडित भएका छन् भने २७ जनाको हत्या भएको छ । 

मानवअधिकारको बाधक मदिरा  

कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले मानवअधिकार उल्लङ्घनको मुख्य कारण मदिरा रहेको भन्दै यसको नियन्त्रणका लागि पहल गर्नुपर्ने बताएका छन् । 



मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रको मात्र कार्यान्वयन गर्न सकेमा धेरै हदसम्म हिंसाका घटनामा कमी ल्याउन सकिने उनको भनाई छ ।

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले मानवअधिकार उल्लङ्घनको अवस्था भयावह रहेको भन्दै कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुनु मानवअधिकार हननको घटना भएकाले यसको व्यवस्थापन गरिनुपर्नेमा जोड दिए ।  



  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार ७:४६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया