प्रदेश १ को नामका लागि पूर्वमुख्यमन्त्री राईको व्यंग्यात्मक प्रस्ताव : कोशी होइन, हावा प्रदेश राखौँ

प्रदेश १ को नामाकरण कोशी प्रदेश हुने भएपछि पूर्वमुख्यमन्त्री एवं नेकपा समाजवादीका नेता राजेन्द्र राईले व्यंग्यात्मक प्रस्ताव गरेका छन् । उनले कोशीभन्दा हावा बढी महत्त्वपूर्ण रहेकोले प्रदेशको नाम हावा प्रदेश राख्नुपर्ने तर्क गरेका हुन् । 

प्रदेशसभामा प्रदेशको नामकरण कोशी राख्ने एमालेको प्रस्तावमा नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि साथ दिएका छन् । प्रदेशका ८२ सांसदले कोशीको पक्षमा सहमति दिएका थिए ।

कोशी प्रदेशमा संशोधन हालेका नेकपा एसका नेता राजेन्द्र राईले प्रदेशको नाम ‘हावा प्रदेश’ राखौँ भनेर व्यंग्य गरेका हुन् । कोशी नदी महत्त्वपूर्ण नदी भएकाले प्रदेशको नाम कोशी राख्नुपर्ने प्रस्तावप्रति व्यंग्य गर्दै उनले कोशीभन्दा हावा बढी महत्त्वपूर्ण रहेकोले प्रदेशको नाम हावा प्रदेश राख्नुपर्ने बताएका हुन् ।

राईले कोशीको सट्टा ‘किराँत लिम्बुवान कोशी प्रदेश’ राख्न संशोधन प्रस्ताव राखेका थिए । राईको प्रस्ताव प्रदेशसभाको बहुमतले अस्वीकृत गरेको छ ।





  • प्रकाशित मिति : फागुन १७, २०७९ बुधबार २१:५१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया