सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला तीन सय रुपैयाँले बढेको छ । अधिल्लो दिन प्रतितोला एक लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख दुई हजार छ सय रुपैयाँ तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार एक सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख एक हजार आठ सय रुपैयाँ थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय ७० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । 





  • प्रकाशित मिति : फागुन १८, २०७९ बिहीबार १२:७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया