राष्ट्रपतिको निर्वाचन पश्चात् देशमा वृहत् सहमतिको सरकार बन्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले राष्ट्रपतिको निर्वाचन पश्चात् देशमा वृहत् सहमतिको सरकार बन्ने दाबी गरेका छन् । सिरहाको लहानमा हुने एक कार्यक्रममा सहभागी हुन जाने क्रममा बिहीबार बिहान कांग्रेस धनुषाको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । 

उनले भने, ‘राष्ट्रपतिको निर्वाचन लगत्तै उपराष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल सुरु हुन्छ । हामी जसपालाई उत्तम उम्मेदवार ल्याउन आग्रह गरेका छौँ ।’

जनताको अभिमतबाट बनाइएको संविधान बचाउन र अक्षरशः कार्यान्वयन गर्न निर्वाचनमा पनि गठबन्धन गरेर गएको स्मरण गराउँदै लोकतन्त्र, राजनीतिक स्थिरता र विकासका लागि निरन्तर लागि रहने उनले बताए । 

नेता सिंहले संविधानले दिएका अधिकार कार्यान्वयनमा ल्याउन विधिको शासन कायम हुनुपर्नेमा जोड दिएका छन् ।

पत्रकार सम्मेलनमा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द प्रसाद ढुङ्गाना, कांग्रेस मधेस प्रदेशका प्रमुख सचेतक कुमर कान्त झा, प्रदेश सांसद शेष नारायण यादव, सभापति योगेन्द्र पजियारसहितकाहरुको उपस्थिति रहेको थियो । 





  • प्रकाशित मिति : फागुन १८, २०७९ बिहीबार १२:४७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया