भारतका प्रख्यात साहित्यकार नामवर सिंहकाे निधन

भारतका प्रख्यात आलाेचक एंव साहित्यकार नामवर सिंहकाे ९३ वर्षकाे उमेरमा निधन भएकाे छ । उपचारकाे क्रममा मंगलबार राती दिल्लीकाे एम्स अस्पतालमा उनकाे निधन भएकाे परिवारले जानकारी दिएकाे छ । 

जनवरीबाट अचानक बिरामी भएका  सिंहलाइ एम्सकाे ट्रमा सेन्टरमा भर्ना गरिएकाे थियाे । चिकित्सकका अनुसार उनलाइ ब्रेन हेमरेज भएकाे थियाे । उनकाे बुधबार अन्त्यष्टि गरिनेछ । 

हिन्दी साहित्यमा पिएचडी गरेका सिंहकाे ‘छायावाद(1955), इतिहास और आलोचना(1957), कहानी : नयी कहानी (1964), कविता के नये प्रतिमान(1968), दूसरी परम्परा की खोज(1982), वाद विवाद और संवाद(1989)’ आदि पुस्तक प्रकाशित छन् । 

अध्यापन र लेखनबाहेक उनि पत्रिकाका सम्पादक पनि थिए । 





  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार ८:०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया