यूएईलाई हराउँदै नेपाल यु-१९ एसिया विश्वकप छनोटमा विजयी

नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटको निर्णायक खेलमा यूएईलाई हराएकाे छ । 

नेपालले दिएकाे १९२ रनको लक्ष्यमा यूएई १८४ रनमा अलआउट भयाे । 

अजमानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १९१ रन बनाएर अलआउट भएको हो ।

नेपालका लागि कप्तान देव खनालले ५१ रनको अर्धशतकीय पारी खेले । देवले ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । विशाल विक्रम केसीले ३८ रन बनाउँदा उत्तम मगरले ३६ रनको योगदान गरे । 

नेपालका लागि दिपेश कडेलले रन बनाउँदा हेमन्त धामी १३ तथा मिलन बोहोराले १० रनको योगदान गरे । बलिङतर्फ यूएईका लागि धुरुव प्रशारनले तीन विकेट लिए । त्यस्तै हरित हरिस सेट्टी र आर्यान आफिज खानले दुई–दुई विकेट लिए ।

दिपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ ।



सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो ।



  • प्रकाशित मिति : फागुन १८, २०७९ बिहीबार १८:१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया