सर्वियाका टेनिस स्टार नोभाक जोकोभिक, अमेरिकी जिम्नास्ट सिमोन बाइल्स, गल्फर लेडेन्ड टाइगर वुड्स र विश्व कप फुटबल विजेता टिम फ्रान्सले यो वर्षको लरेस वल्र्ड स्पोर्टस एवार्ड जितेका छन् ।
मोनाकोमा सोमबार राती भएको एक समारोहमा एवार्डका लागि मनोनित भएकाहरुको नाम सार्वजनिक गरिएको थियो ।
नोभाक जोकोभिकले फुटबलर केलियन एमबाप्पे, केन्याका धावक एलियुद किपचोगे र अमेरिकन बास्केटबल प्लेअर लेब्रोन जेम्सलाई पछाडी पार्दै यो वर्षको सर्वश्रेष्ठ पुरुष खेलाडीको पुरस्कार जितेका हुन् ।
कुहिनाको चोट ठिक भएर उठेपछि तीनवटा ग्रयान्ड स्ल्यामका विजेता बनेका जोकोभिकले चौथो पटक लरेस वल्र्ड स्पोर्टस एवार्ड जितेका हुन् ।
महिलातर्फ अमेरिकी जिम्नास्ट सिमोन बाइल्सले यो एवार्ड जितेकी छन् । उनले विश्व च्याम्पियनसिपमा रेकर्ड बनाउँदै चार स्वर्ण, एक रजत र एक कास्य पदक जितेकी थिइन् । उनलाई २०१७ मा पनि यो पुरस्कार प्रदान गरिएको थियो ।
फिफा विश्वकप विजेता फ्रान्सको राष्ट्रिय फुटबल टिमले सर्वश्रेष्ठ टिमको उपाधि हात पारेको छ । योबाहेक गल्फ स्टार टाइगर वुड्सले पनि यो एवार्ड प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।