विश्वकप लिग–२ युएईसँग नेपाल पराजित

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा नेपाल युएईसँग फराकिलो अन्तरले पराजित भएको छ ।

दुवै अन्तर्राष्ट्रिय मैदानमा युएईले बनाएको २ सय ८ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा १३९ रनमा समेटियो । नेपालका लागि कुशल मल्लले ६० रन बनाउनु सर्वाधिक रह्यो ।

उनीबाहेक अन्तिम नम्बरमा ब्याटिङका लागि आएका सन्दीप लामिछानेले २६ रनको अविजित इनिङ खेले । उनीबाहेक आसिफ शेखले १७ रन बनाउनु थप दोहोरो स्कोरका रुपमा रह्यो । अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा युएईका लागि जुनाइद सिदिकीले २ विकेट लिँदा रोहन मुस्तफा र कृथिक मियापानले समान ३–३ विकेट लिए । त्यस्तै, सविर अली, जाहुर खानले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । युएईका लागि ओपनर आसिफ खानले सर्वाधिक ७२ रन बनाउँदा भृतीया अर्विन्द १८ रनको स्कोर तयार गरे ।

त्यस्तै, रोहन मुस्ताफा ५२ रनको अर्धशतकीय इनिङ खेल्दै अविजित रहँदा कप्तान चुन्डनगापोयी रिजवानलाई २२ रन बनाएका थिए । आर्यन लाक्राले २८ रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट हात पारेका थिए ।





  • प्रकाशित मिति : फागुन १८, २०७९ बिहीबार १९:५६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया