च्याम्पियन्स लिगः बार्सिलोना र लियोन तथा लिभरपुल र बायर्न म्युनिखले बराबरी खेले

एजेन्सी– च्याम्पिन्यस लिगअन्तर्गत मंगलबार राति भएकाे प्रिक्वार्टरफाइनलमा बार्सिलोना र लियोनले बराबरी खेलेका छन् । त्यस्तै अर्को खेलमा लिभरपुल र बायर्न म्युनिखले पनि बराबरी खेलेका छन् ।

लिगअन्तर्गतको क्वार्टरफाइनल खेलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्बल लियोनसँग गोलरहित बराबरी खेलेको छ । खेलको अधिकांश समय बललाई बार्सिलोनाले नियन्त्रणमा लिए पनि गोल गर्न भने चुक्यो । बार्सिलोनाका धेरै प्रहार लियोनका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

 

लिभरपुल र बायर्न पनि बराबरीमा

त्यसैगरी, मंगलबार राति नै भएको अर्को प्रिक्वार्टरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुल र जर्मन क्बब बायर्न म्युनिखले गोलरहित बराबरी खेलेका छन् ।



लिभरपुलको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले गोलका लागि प्रयाप्त प्रयास गरे पनि कुनै गोल हुन सकेन । पहिलो हाफमा गोल गर्ने राम्रो अवसर चुकाएको लिभरपुलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्न सकेन ।



  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार ९:५३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया