धनुषामा रातिको समयमा डिजे र अश्लील गीत बजाउन रोक

स्थानीय प्रशासनले धनुषा जिल्लाको शहरी क्षेत्रमा रातिको समयमा डिजे (लाउडस्पिकर) बजाउन रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै यस्तो निर्णय गरिएको जनाएको हो । 

जिल्ला प्रशासन कार्यालयले एक ध्वनी प्रदुषणको प्रभावलाई न्यूनीकरण गर्न राति १० बजेपछि डिजे, माईक तथा ध्वनी उत्पन्न गर्ने सामग्री सञ्चालन गर्न रोक लगाएको जनाइएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले रातिबाहेकको समयमा पनि ठूलो स्वर र अश्लील गीत बजाउने जस्ता गतिविधि नगर्न अनुरोध गरेका छन् । 

सूचनाको कसैबाट उल्लंघन भएमा प्रचलित कानून बमोजिम तत्कालै कारवाही गर्ने समेत प्रशासनले चेतावनी दिएको छ । यो निमयमको सबै स्थानीय तहबाट समेत परिपालना गर्ने व्यवस्था मिलाउन सूचनामा भनिएको छ ।

जिल्लाको शहरी क्षेत्र एवं ग्रामीण क्षेत्रमा विवाह, वर्तबन्ध, धार्मिक कार्य लगायतको अन्य समारोह/कार्यक्रमको आयोजना गर्दा ठुलो स्वरमा ध्वनीयन्त्र बजाउँदा ध्वनी प्रदुषण भई सर्वसाधारणको जनजिविका र स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्न गएकोले ध्वनी प्रदुषणको प्रभावलाई न्यूनीकरण गर्न ध्वनी सम्बन्धी यन्त्रहरु (डि.जे., माईक तथा ध्वनी उत्पन्न गर्ने सामग्री) सञ्चालन नगर्न र सञ्चालन अवधिमा पनि अश्लिल गीत नबजाउन सर्वसाधारणसँग अनुरोध गरिएको छ । 





  • प्रकाशित मिति : फागुन १९, २०७९ शुक्रबार १८:५३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया