के उपराष्ट्रपति बन्दै छन् महन्थ ठाकुर ?

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम अहिले उपराष्ट्रपतिमा चर्चा छ । यसअघि उनको नाम राष्ट्रपतिका लागि पटकपटक चर्चामा आए पनि सो चर्चाले मूर्त रुप पाउन सकेको छैन । 

आठदलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने मोटामोटी सहमति छ । आठदलीय गठबन्धनमै रहेको जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि उपराष्ट्रपति आफ्नो दलले पाउनुपर्ने दाबी गरेका छन् । 

लोसपाका एक नेताले भने आठदलीय गठबन्धनमा राष्ट्रपतिबाहेक अरू कुनै विषयमा चर्चा नभएको तर उपराष्ट्रपतिमा महन्थको चर्चा अनावश्यक रहेको बताएका छन् । राष्ट्रपतिको चुनाव सकेपछि मात्र उपराष्ट्रपतिको विषय प्रवेश हुने उनको भनाइ छ । 

कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी जसपालाई उपराष्ट्रपति दिन सहमकत भएको राजनीतिक वृत्तमा चर्चा छ । जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने तयारी गरेको छ । 





  • प्रकाशित मिति : फागुन २०, २०७९ शनिबार १५:५३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया