फेवातालमा डुंगा पल्टिँदा एकजनाको ज्यान गयो

शनिबार फेवातालमा डुंगा पल्टिँदा एकजनाको ज्यान गएको छ । हावाहुरीका कारण डुंगा पल्टिएर घाइते एक महिलाको उपचारका क्रममा निधन भएको हो । 

पोखरा १ बगरकी ७० वर्षीया याममाया गिरीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिबार साढे ४ बजेतिर चलेको हावाहुरीले गर्दा उहाँ चढेको डुंगा पल्टिएपछि सशस्त्र प्रहरीको टोलीले उनको उद्धार गरेको थियो । घाइतेको उद्धारपछि उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको र उपचारकै क्रममा ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण विक बताए । 

आजै फेवातालमा हावाहुरीले गर्दा अर्को एउटा डुंगा पनि पल्टिएको थियो । त्यसमा रहेका चारजना युवाको सकुशल उद्धार गरिएको थियो ।





  • प्रकाशित मिति : फागुन २०, २०७९ शनिबार १८:३८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया