माधव नेपालका भाइ सरोजले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

रेस्टुरेन्टको छतबाट खसेर निधन भएका एकीकृत समाजवादीका​ अध्यक्ष माधव नेपालका भाइ सरोजकुमार उपाध्यायले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्षमा देखिएको छ । 

रेस्टुरेन्टको टेबलमाथि चढेर उनी हाम फालेको देखिएकाले यो दुर्घटनाभन्दा पनि नियतवश आत्महत्या देखिने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । रेस्टुरेन्टमा झन्डै पाँच फिट अग्लो रेलिङ लगाएको र उपाध्याय टेबलमाथि चढेर उनी हाम फालेको प्रहरीले जनाएको छ । 

तीनदिनदेखि उपाध्याय लगातार सोही रेष्टुरेन्टमा जाने गरेका थिए । शंखमूलस्थित बबिन रेष्टुरेन्टमा पुगेर उनले कफी र चुरोट मगाउँथे। शनिबार पनि उनले सोही तालिका प५्याएका थिए । 

शनिबार अपराह्न रेष्टुरेन्टको छतबाट खसेपछि घाइते भएका उनलाई सुरुमा बानेश्वरमा रहेको सिभिल अस्पतालमा लगेका थिए । अस्पतलको सémाबअनुसार त्यसपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमामा उपचारार्थ लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो।





  • प्रकाशित मिति : फागुन २०, २०७९ शनिबार २०:१४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया