अंकारा- टर्कीका सभामुख बिनाली यिल्डिरिमले आफ्नो पदबाट राजीनामा दिएका छन् । राजधानी इस्तानबुल नगरको मेयरका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्न उनले राजीनामा दिएको संसद्को आधिकारीक वेबसाइटमा उल्लेख गरिएको छ ।
‘मैले पछिल्लो सात महिना प्रसन्नतापूर्वक काम गरेँ, सांसदहरूसँग सहकार्य गर्ने मौका पाएँ,’ सांसदहरूद्वारा आयोजित बिदाई कार्यक्रममा उनले भने, ‘विभिन्न क्षेत्रका हाम्रा जनताको चाहनानुसार काम गर्न निर्वाचित सांसदहरूलाई मिलाउने र सहमत गराउने प्रयास मैले गरेँ,’ उनले भने, ‘म पुरानो संसदीय प्रणालीको अन्तिम प्रधानमन्त्री थिएँ । नयाँ राष्ट्रपति शासनप्रणाली लागू भएपछि सभामुख बनें ।’
सभामुखबाट राजीनामा दिएका बिनालीले सत्तारूढ दल न्याय र विकास पार्टी (एकेपी)को तर्फबाट इस्तानबुल नगरको मेयरका लागि उम्मेदवारी दिने तयारी गरेका छन् । उनले राजीनामा दिएपछि सभामुखका लागि फेरि निर्वाचन गर्नुपर्ने भएको छ । सम्भवतः यही फेब्रुअरी २४ वा २५ तारिखका दिन सभामुखको निर्वाचन हुने अनुमान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।