पिएसजीको रोमाञ्चक जितमा एमबाप्पेको कीर्तिमान

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा नान्टेसविरुद्ध ४–२ को जित निकालेको छ । गएराति पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा पिएसजीको जितमा केलियन एमबाप्पे, लियोनल मेस्सी र डानिलो पेरेइराले गोल गरे । 

पिएसजीले एक गोल भने उपहार प्राप्त गर्‍यो । नान्टेसका लुडोभिक ब्लास र इग्नाटिएस गनागोले गोल गरे ।खेलको १२औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले सुरुवाती अग्रता लियो । १७औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पिएसजीले दोब्बर अग्रता पायो ।

३१औं मिनेटमा नान्टेस लुडोभिक ब्लास्टले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ३८औं मिनेटमा गनागोको गोलबाट खेल २–२ को स्थितिमा आयो ।

६०औं मिनेटमा डानिलोले गोल गर्दै पिएसजी ३–२ ले अघि बढ्यो । इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजी ४–२ ले विजयी भयो । 

योसँगै एमबाप्पे पिएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले पिएसजीका लागि २०१ गोल गरेका छन् । यसअघि पिएसजीका लागि सर्वाधिक गोल गर्ने रेकर्ड एडिन्सन काभानीको नाममा थियो ।

यो जितपछि शीर्षस्थानमा रहेको पिएसजीले २६ खेलबाट ६३ अंक जोडेको छ । उसले दोस्रो स्थानको मार्सेलाई ११ अंकले पछि पारेको छ । पराजित नान्टेस २८ अंकका साथ १३औं स्थानमा रहेको छ ।





  • प्रकाशित मिति : फागुन २१, २०७९ आइतबार ८:२४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया