ओखलढुंगामा बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
जिल्लाको चिसंखुगढी नगरपालिका–३ दियालेमा आज बिहान यात्रुवाहक बोलेरो जिप दुर्घटना घटनास्थलमै दुईजनाको मृत्यु भएको हो ।
सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको जिपमा १३ जना सवार रहेका थिए । घटनामा परी ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ का स्थानीय भक्तबहादुर थापा र मीनबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा घाइतेको थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।