धनुषामा होली सुरक्षा : ५६० जना प्रहरी परिचालन

होलीलाई लक्षित गरेर धनुषामा ५६० जना प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट ४८७ र प्रदेश प्रहरी कार्यालयबाट ७३ जना गरी कूल ५६० जना प्रहरी परिचालन गरिने भएको हो । 

विशेष सुरक्षा योजना बनाएर सो संख्यामा प्रहरी परिचालन गरिने प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । 

होली पर्वलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको उनको भनाइ छ । होलीमा जिल्लाको शान्ति सुरक्षामा कुनै कमी आउन नदिन प्रहरी कर्मचारीलाई उच्च सतर्कतामा राखिएको उनले जानकारी दिए । 

उच्छृङ्खल गतिविधि गर्ने, इच्छाविपरीत लोला हान्ने, रङ दल्नेमाथि निगरानी गर्न मोबाइल भ्यान, कन्ट्रोल रुम भेकल, क्विक रेस्पोन्ट टिम लगायतको टिम पनि परिचालन हुने एसपी खड्काको भनाइ छ । 

उनले पारिवारिक हिसाबमा होली पर्व मनाउन सबैमा अनुरोधसमेत गरेका छन् । होलीको नाममा होहल्ला गर्ने, जबर्जस्ती रङ दल्ने, लोला हान्ने जस्ता क्रियाकलाप गरिए नियन्त्रणमा लिएर कारबाही गरिने उनले बताए । त्यसरी जबरजस्ती रङ दल्नेलाई अभद्र व्यवहारमा मुद्दा चलाइने एसपी खड्काको भनाइ छ । 

ट्राफिक प्रहरीले मापसे चेक गर्ने, ट्राफिक नियमविपरीत सवारी चलाएको हेलमेट नलगाइ सवारी चलाएको जस्ता क्रियाकलाप नियन्त्रण गर्ने उनले बताए । 



यसैबीच मिथिला माध्यमिकी परिक्रमालाई मध्यनजर गर्दै धनुषा सुरक्षा समितिले जनकपुरधाम नगर क्षेत्रमा होलीका दिन मासु, मदिरा बिक्री वितरणमा पूर्णरूपले निषेध गरेको छ ।

जनकपुरधाममा बुधबार होली मनाइने छ । जनकपुरधाममा १५ दिनसम्म चल्ने मिथिला माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट मात्र होली मनाउने परम्परा छ । त्यही परम्पराअनुसार एक दिन ढिलो गरी यहाँ होली मनाइने भएको हो ।



परिक्रमाको अन्तिम दिन जनकपुरधाममा अन्तरगृह परिक्रमा गरेपछि होली सुरु हुने परम्परा छ । सोमबार मध्यरातबाट अन्तरगृह परिक्रमा सुरु भई मंगलबार समाप्त हुन्छ । 

  • प्रकाशित मिति : फागुन २१, २०७९ आइतबार १०:४२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया