अफगानिस्तानको हेरात प्रान्तमा सुरक्षा फौजले गरेको कारबाहीका क्रममा कम्तीमा पनि ६ जना आइएस लडाकू मारिएका छन् । सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुख अब्दुल्लाह इनसाफले सो कुराको जानकारी दिएका हुन् ।
उनका अनुसार यहाँको सुरक्षा फौजले आइएसकाविरुद्धमा गरेको कारबाहीका क्रममा ती लडाकू मारिएका हुन् ।
शनिबार भएको सो कारबाहीका क्रममा मारिनेमा एकजना महिला पनि परेका बताइएको छ । प्रवक्ता इनसाफले हेरात प्रान्तको रबट काबुली गाउँमा आइएसले आश्रयस्थल नै बनाएर हिंसात्मक क्रियाकलाप गरेको सूचनाका आधारमा सो कारबाही गरिएको थियो ।
त्यस कारबाहीमा परेर अरू केही लडाकू घाइते पनि भएका छन् । उक्त क्षेत्रमा अफगान सरकारको सुरक्षा फौजले खोजी अभियान सञ्चालन गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।