अष्ट्रेलियाको एआइबिटीको दर्ता रद्दः सयौं नेपाली विद्यार्थी अन्योलमा

एजेन्सी– अष्ट्रेलियन स्किल्स क्वालिटी अथोरिटीले आरटिओ कोड ४११३८ रहेको अस्ट्रेलियन इन्स्टिट्युट अफ बिजिनेस एन्ड टेक्नोलोजीको दर्ता तथा सम्बन्धन रद्द गरेको जानकारी गराएको छ । 

यसपछि सिड्नी र ब्रिस्वेनमा अध्ययनरत सयौं अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रभावित भएका छन् । 

विद्यार्थीहरुलाई झुक्याउने खालको झुटाे मार्केटिङसहित धेरै नियमहरु उल्लंघन गरेको भन्दै नियामक संस्थाले २७ मार्चदेखि लागू हुने गरी उक्त शैक्षिक संस्थाको दर्ता खारेज गरेको हो । सत्यतथ्यमा आधारित नभएर भ्रामक विज्ञापन गरी व्यवसाय गरेको भन्दै सम्बन्धन खारेज गरेको हो । 

एआइबिटीको नाममा सञ्चालन गरिएको संस्था ब्रिंग्टोम प्यासिफिक प्रा.लि.को नाममा ४११३८ कोर्डमा तालिम संस्थाका रुपमा दर्ता भएको थियो । 

एआइबिटीले शैक्षिक कार्यक्रमका तालिमहरु सञ्चालन गर्न कुनै पूर्वाधार भएको, योग्य र दक्ष शिक्षकहरु पनि भएको प्रमाणित गर्न नसकेको अष्ट्रेलियन स्किल्स क्वालिटी अथोरिटीले जनाएको छ । 

सम्बन्धन तथा दर्ता रद्द भएपछि एआइबिटीले एडमिनिस्ट्रेटिभ अपिल्स ट्रिब्युनल (एएटि) मा यो निर्णयविरुद्ध उजुरी गर्न आफ्नो अधिकार सुरक्षित रहेको तर्क गरेको छ । उक्त मुद्दामा पुनरावेदन गर्ने गरी वकिल राख्ने तयारीमा एआइबिटी रहेको बताएको छ । 



एआइबिटीमा एक हजारभन्दा बढीको संख्यामा नेपाली विद्यार्थीहरु नर्सिङ पढिरहेका छन् । यो शैक्षिक संस्थाको दर्ता खारेज गरेपछि अब के गर्ने भन्ने अन्योल विद्यार्थीहरुमा सिर्जना भएको छ । 
 



  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार १२:१७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया